11/07/2023
सदस्यज्युहरु नमस्कार !
यस सहकारी संस्था बाट आफुले लिएको ऋणको सावाँ ,ब्याज, यहि महिनाको मसान्त सम्म अनिवार्य रुपमा चुक्ता गर्नु अनुरोध गर्दछौ । तिर्न नसक्ने अवस्था छ भने लिखित रुपमा आफ्नो समस्या संस्थामा आएर राख्न र संस्थासँग परामर्श गर्नुहोला ! समस्याको कारण र संस्था लाई भोलीका तिर्ने सक्ने आधार सहित उपस्थित हुन अनुरोध गर्दछौं।
संस्थाले पनि तपाईं जस्तै अन्य सदस्यहरुको बचत लिएको हुन्छ र समयमा ब्याज सहित फिर्ता गर्नुपर्छ !
संस्था बाट लिएको ऋण तपाईले नतिरे पनि तपाइँको सन्तति ले तिर्नु पर्ने हुन्छ ।
संस्था संग लिएको ऋण भनेको साथीभाई संग लिएको सापटी जस्तो हुदै होइन।
संस्था संग ऋण लिएर जानेबेला जसरी खुसी हुँदै निस्किनु भएको थियो त्यस्तै खुसीका साथ कार्यालयमा आएर तिर्नुपर्ने दायित्व भुक्तानी गर्नुहोला
अन्यथा संस्था बाध्य भएर तपाईहरुको तिनपुस्ते विवरण सहित सामाजिक सञ्जालमा प्रकाशित हुने जानकारी गराउँदछौं।
जय जय सहकारी ।।।