Hamro Banking Shikshya

Hamro Banking Shikshya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Banking Shikshya, Financial Consultant, Kathmandu.

Simplyfing Banking & Finance for everyone !!
वित्तीय साक्षरताको लागि हाम्रो बैंकिङ शिक्षा ।
स्कुले शिक्षाले साक्षर मात्र बनाउन सक्छ, बित्तीय साक्षर होइन ।
Like & follow गरि पेजसँग जोडिनुहोस्।

14/05/2026

Updated Cheque bounce case | Short

03/05/2026

आजको गो. प. मा प्रकाशित स्टार्टअप उद्यम कर्जा सन्बन्धित सूचना॥

30/03/2026

📢 सावधान! कतै तपाईंको बैंक खाता वर्षौंदेखि निष्क्रिय त छैन?

सरकारले आफ्नो १०० दिने कार्ययोजना अन्तर्गत १० वर्ष वा सोभन्दा बढी समयदेखि चल्तीमा नरहेका निष्क्रिय (Dormant) बैंक खाताको रकम राज्यकोषमा ल्याउने प्रक्रिया अघि बढाएको छ।

मुख्य जानकारी:
✅ आगामी ९० दिनभित्र त्यस्ता खाताहरूको विवरण सङ्कलन गरिँदैछ।
✅ हकवालाले दाबी नगरेको खण्डमा उक्त रकम कानुनी प्रक्रिया पूरा गरी सरकारी ढुकुटीमा जम्मा गरिनेछ।
✅ यदि तपाईंको वा परिवारका सदस्यको कुनै पुरानो खाता लामो समयदेखि प्रयोगमा छैन भने तुरुन्त बैंकमा सम्पर्क गर्नुहोस्।

Note : मृतकको खाताको case मा पनि यहि व्यबस्था लागू हुनेछ ।

25/03/2026

चालु आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चालनमा आएको स्टार्टअप उद्यम कर्जा कार्यक्रममा १० हजारभन्दा बढी परियोजना प्र....

बुझेर मात्र हस्ताक्षर गरौ ।
10/03/2026

बुझेर मात्र हस्ताक्षर गरौ ।

डिजिटल भुक्तानीलाई अझै सरल, सहज र सबैको पहुँचयोग्य बनाउँदै, NCHL का विभिन्न डिजिटल सेवाहरु (NCHL-ECC, NCHL-IPS, connectI...
16/01/2026

डिजिटल भुक्तानीलाई अझै सरल, सहज र सबैको पहुँचयोग्य बनाउँदै, NCHL का विभिन्न डिजिटल सेवाहरु (NCHL-ECC, NCHL-IPS, connectIPS) मा लाग्ने सेवा शुल्क सम्बन्धि पूर्ण जानकारी पाउनुहोस्।

इरानको मुद्रा “ईरानी रियाल” लगभग ध्वस्त भएको छ ।मुद्रा यति कमजोर भइसकेको छ कि धनीभन्दा धनी व्यक्तिहरूको सम्पत्तिको मूल्य...
14/01/2026

इरानको मुद्रा “ईरानी रियाल” लगभग ध्वस्त भएको छ ।

मुद्रा यति कमजोर भइसकेको छ कि धनीभन्दा धनी व्यक्तिहरूको सम्पत्तिको मूल्य अब अन्तर्राष्ट्रिय रूपमा शून्य बराबर भएको छ। कुनै एउटा व्यक्तिले अथाहा पैसा कमाए पनि यदि देश सङ्कटमा पर्ने हो भने उसको सम्पत्तिको मूल्य शून्य बराबर हुन पुग्छ। त्यसकारण देशलाई गरिब बनाएर व्यक्ति धनी हुनुको कुनै अर्थ छैन।

सुशासन र समृद्धिका लागि भ्रष्टाचारमुक्त, स्थिर र विकासमुखी नेतृत्व छान्न चुके हाम्रो देशको हालत पनि यस्तै नहोला।

शेयर कारोबार गर्नुहुन्छ? यी कुरामा सधैँ ध्यान दिनुहोला।
14/01/2026

शेयर कारोबार गर्नुहुन्छ? यी कुरामा सधैँ ध्यान दिनुहोला।

ट्रम्प, मादुरो र अन्तर्राष्ट्रिय राजनीति:
13/01/2026

ट्रम्प, मादुरो र अन्तर्राष्ट्रिय राजनीति:

13/01/2026

✅ रेमिट्यान्स बचत खाता (Remittance Saving Account) बारेमा विस्तृत जानकारी

रेमिट्यान्स बचत खाता त्यो विशेष बचत खाता हो जसलाई मुख्य रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बनाइएको हुन्छ। यस खातामा बिदेशबाट आएको रेमिट्यान्स (विदेशबाट पठाइएको कमाइ) सिधै बैंकमा जम्मा गर्न मिल्छ र बचत गर्न सकिन्छ।

✅ मुख्य सुविधाहरू (Features)

🔹 रेमिट्यान्स मार्फत मात्र रकम जम्मा — बिदेशबाट आएको रकम बैंक खातामा सिधै राख्न मिल्छ।
🔹 कम वा शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने ।
🔹 ATM कार्ड, इन्टरनेट/ Mobile बैंकिंग सुविधा उपलब्ध।
🔹 १ प्रतिशतसम्म बढी ब्याजदर (अन्य बचत खाताभन्दा बढी ब्याज )पाइन्छ।
🔹 कुनै बैंकहरूमा अतिरिक्त लाभ (बीमा, छुट, क्यासब्याक आदि)।
🔹 Remittance IPO भर्न अनिवार्य रूपमा Remittance Saving Account चाहिन्छ ।

✅ रेमिट्यान्स बचत खाता खोल्दा सामान्यतया निम्न कागजातहरू (प्रतिलिपि) आवश्यक पर्छ:

1. श्रम गरिएको कागज (Work Permit)
2. नेपाली नागरिकता वा राहदानी (Passport)
3. राष्ट्रिय परिचय पत्र
4. हालै खिचिएको पासपोर्ट साइज फोटो

यदि खातामा Nominee (इच्छाएको व्यक्ति) राख्न चाहनुहुन्छ भने:
5. Nominee को पासपोर्ट साइज फोटो
6. Nominee को पहिचान खुल्ने प्रमाणपत्र (नागरिकता आदि)
पनि बुझाउनुपर्ने हुन्छ।

✅ महत्वपूर्ण जानकारी:
विदेशमा रहँदा राष्ट्रिय परिचय पत्र नभएको अवस्थामा, नेपाल फर्किएको मितिले ३५ दिनभित्र राष्ट्रिय परिचय पत्र बैंकमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।

✅ रेमिट्यान्स बचत खाता खोल्ने प्रक्रिया:
रेमिट्यान्स बचत खाता खोल्नका लागि दुईवटा मुख्य तरिका उपलब्ध छन्: अनलाइन (Digital) माध्यमबाट र बैंक शाखामार्फत

१) अनलाइन (Digital) माध्यमबाट

यदि तपाईं वैदेशिक रोजगारीका क्रममा विदेशमै हुनुहुन्छ भने, धेरै बैंकहरूले उपलब्ध गराएको Online Account Opening / Online KYC सेवा प्रयोग गरेर खाता खोल्न सक्नुहुन्छ।

✔️ प्रक्रिया:

A) सम्बन्धित बैंकको आधिकारिक वेबसाइटमा प्रवेश गर्नुहोस्
B) अनलाइन आवेदन फारम भर्नुहोस्
C) आवश्यक कागजातहरू स्क्यान गरेर अपलोड गर्नुहोस्
D) बैंकको भेरिफिकेसनपछि खाता सक्रिय हुन्छ

यो तरिका समय बचत हुने र झन्झट कम हुने भएकाले विदेशमा रहेका नेपालीहरूका लागि अत्यन्त उपयोगी छ।

२) बैंक शाखामार्फत:
यदि तपाईं नेपालमै हुनुहुन्छ वा बैंक शाखामा पुग्न सक्नुहुन्छ भने:

A) नजिकको बैंक शाखामा जानुहोस्
B) आवश्यक फारम भर्नुहोस्
C) कागजात बुझाउनुहोस्

यसरी सजिलै रेमिट्यान्स बचत खाता खोल्न सक्नुहुन्छ।

✅ कुन बैंक रोज्दा बढी फाइदा हुन्छ?

नेपालका प्रायः सबै वाणिज्य बैंक तथा विकास बैंकहरूले रेमिट्यान्स बचत खाताको सुविधा उपलब्ध गराएका छन्। तर सबै बैंकका ब्याजदर, सेवा शुल्क, डिजिटल बैंकिङ सुविधा, अतिरिक्त लाभ (बीमा, छुट, क्यासब्याक आदि) एकै किसिमका हुँदैनन्।

त्यसैले Hamro Banking Shikshya को सुझाव के छ भने, खाता खोल्नु अघि:

विभिन्न बैंकहरूको रेमिट्यान्स बचत खाताको ब्याजदर तुलना गर्नुहोस्
आफ्नो आवश्यकताअनुसार सेवा सुविधा हेर्नुहोस्
त्यसपछि मात्र उपयुक्त बैंक छनोट गर्नुहोस्

यसरी सोचविचार गरेर खाता खोल्दा तपाईंको विदेशको मिहिनेतले कमाएको आम्दानीबाट अझ बढी लाभ लिन सक्नुहुन्छ।

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Banking Shikshya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Banking Shikshya:

Share