19/07/2026
यो एउटा श्रृङ्खला मात्रै हो। मधेसी विरुद्ध रङ्गभेद र अग्निवेशिक मानसिकताको नग्न प्रदर्शन बेलाबखत खस राज्य सत्ताद्वारा गरिँदै आएको हो। ऋतिक रोशन काण्ड, इरानमा नेपाली मारिदा मधेसी विरुद्ध आक्रमण, मधेसी भाषा मधेसी भेषभुषा मधेसी पहिरण मधेसी लवज र मधेसी अनुहार माथि ख स राज्य सत्ता र त्यस अन्तर्गत कार्यालयका विकृत मानसिकताको प्रदर्शन दिनहू हुँदै आएको छ।
शब्द र शक्तिको उन्माद ले त्यसमा थप मलजल गरिएको छ।
नेपाली राज्यसत्ता नै झुट र फरेबीमा आधारित छ।
मधेसीले मैलो धोती र लङ्गोट लगाएर जोगाइदिएको सिमा भित्र रही यिनी हरूले मधेसीको अन्न खाएर मधेसीमाथि अन्य अत्याचार दमन शोषण गर्छन्।
तर मधेसीहरू आपसमा फुट राजनीति, नेपाली हुन मरिहत्य गर्छन्। आफ्ना गौरवशाली दिव्य र भव्य इतिहासमाथि गर्व गर्नु र आफ्नो मधेसी कौम को स्वतन्त्र लाई प्रवर्धन गर्नुको साटो दरिद्र मानसिकता को आधारमा खडा गरिएको खोक्रो राष्ट्रियता को भेलमा बग्न चाहन्छु। त्यसैको परिणति हो यो।
अझै पनि समय छ। आफ्नै फिल्म इन्डस्ट्री खडा गर, भोलिको दिनमा त्यही इन्डस्ट्रीमा यी मनोरोगीहरू काम गर्न लालायत होलान्। जसरी अहिले भोजपुरी फिल्म इन्डस्ट्रीमा नेपाली कलाकारहरु आफ्नो नम्बर पाउनलाई भोजपुरीका क्लास लिन्छन् ।
आज बलिउडमा मुम्बईका गल्लीगल्लीमा अहंकारवादीहरूका चेलीबेटीहरू कुन कुन गजल खिलाइरहेका छन्, जग जाहेर छ!!!