Old Money Of Nepal ऐतिहासिक नेपाली मुद्रा संकलन

  • Home
  • Nepal
  • Kathmandu
  • Old Money Of Nepal ऐतिहासिक नेपाली मुद्रा संकलन

Old Money Of Nepal ऐतिहासिक नेपाली मुद्रा संकलन My Hobby Old Money Collection

बि.सं. २००४ साल पछि खजाञ्जी भरतराजको हस्ताक्षरमा रु ५, रु १० र रु १०० का नोटहरु निस्काशित भएको थियो भने २००९ सालबाट नरेन...
04/10/2023

बि.सं. २००४ साल पछि खजाञ्जी भरतराजको हस्ताक्षरमा रु ५, रु १० र रु १०० का नोटहरु निस्काशित भएको थियो भने २००९ सालबाट नरेन्द्रराजको हस्ताक्षरमा रु १, रु ५, रु १० र रु १०० का नोटहरु निस्काशित भए । यि सबै नोटहरु भारतको नासिक स्थित India Security Press मा छापिएका थिए । नासिकमा रहेको इन्डिया सेक्युरिटी प्रेसले कागजी नोटहरु छापे बापतको रु ५ को एक हजार थानको १२ रुपैया ८ पैसा, रु १० को एक हजार थानको १७ रुपैया ८ पैसा र रु १०० को एक हजार थानको ४५ रुपैंया लिएको थियो ।

Solid Fancy Note 777777King : Birendra Bir Bikram ShahGovernor : Ganesh Bahadur ThapaDenomination : Rs.1
04/10/2023

Solid Fancy Note 777777
King : Birendra Bir Bikram Shah
Governor : Ganesh Bahadur Thapa
Denomination : Rs.1

राजा प्रताप सिंह शाहकी रानी, राजेन्द्र लक्ष्मी देवीको नाम अंकित दुई फरक समयमा निस्कासित सुकि(१/४ मोहर) हरु। पहिलो सिक्का...
26/09/2023

राजा प्रताप सिंह शाहकी रानी, राजेन्द्र लक्ष्मी देवीको नाम अंकित दुई फरक समयमा निस्कासित सुकि(१/४ मोहर) हरु। पहिलो सिक्का सक संवत १६९८ साल, तदनुसार विक्रम संवत १८३३ सालमा राजा प्रताप सिंह शाह जिवित रहेको समयमा बडामहारानीको रुपमा निस्कासन गरिएको थियो भने दोस्रो सिक्का राजा रणबहादुर शाहको समयमा उनको नायबी तथा राजमाताको रुपमा सक संवत १७०० साल, तदनुसार विक्रम संवत १८३५ सालमा निस्कासन गरिएको थियो।
यहाँ उल्लेखनीय कुरा के छ भने बडामहारानीको रुपमा निस्कासित सिक्कामा सौभाग्यको प्रतिकको रुपमा 'सिंदुरदानी(सिन्ह: मू)' अंकित गरिएको छ भने राजमाता तथा नायवीको रुपमा निस्कासित सिक्कामा भने सत्यको प्रतीक 'ऐना(ज्वाला न्हायकं)' अंकित गरिएको छ।

23/09/2023

नेपालमा चलनचल्तीमा आएका पुराना नोट तथा सिक्का सम्बन्धित ज्ञान प्रदान गर्ने उद्देश्यको लागि मुद्राको विषयमा जानकारी मुलुक ज्ञान आदान प्रदान गर्ने उद्देश्यले यो पेजको स्थापना गरिएको हो। यो पेजलाई जानकारी र ज्ञानको केन्द्र बनाउने जिम्मेवारी तपाईं - हामी सबैको हो।
केही राय सुझाव भए मेसेन्जर वा कमेन्ट मा राखिदिनु होला धन्यवाद 🙏

बि.सं. २००२ असोज १ गते नेपालमा पहिलो पटक कागजी नोट प्रचलनमा आएको थियो । सदर मुलुकी खानाबाट खजाञ्ची जनकराज (पण्डित) को हस...
23/09/2023

बि.सं. २००२ असोज १ गते नेपालमा पहिलो पटक कागजी नोट प्रचलनमा आएको थियो । सदर मुलुकी खानाबाट खजाञ्ची जनकराज (पण्डित) को हस्ताक्षर भएको रु ५, रु १० र रु १०० का नोटहरु निस्काशित भएका थिए ।

नोट: यदि तपाईहरू संग पनि यस्तो नोटहरू छ भने फोटो खिचेर पठाउनुहोस।

नेपाली मुद्रा सम्बन्धि केही तथ्यहरु।°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°नेपाली सिक्काको इतिहास लामो रहेको छ। प्रामाणिक रुप...
22/09/2023

नेपाली मुद्रा सम्बन्धि केही तथ्यहरु।
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
नेपाली सिक्काको इतिहास लामो रहेको छ। प्रामाणिक रुपमा नेपालको पहिलो सिक्का लिच्छविकालीन राजा मानदेवको मानाङ्कलाई मानिन्छ जुन करिब करिब १६०० वर्ष पहिले टकमरी भई प्रचलनमा ल्याइएको थियो। लिच्छविकालमा विभिन्न डिजाइनका सिक्काहरु चलन चल्तीमा ल्याइएको कुरा अध्ययनले देखाएको छ। त्यसपछि मल्लकालीन सिक्काहरु प्रचलनमा रहेको प्रमाण भेटिन्छ। मल्लकाल नेपालको कला, संस्कृति, मुद्राको विकासको दृष्टिकोणले स्वर्ण काल मानिन्छ। यस समयमा टकमरी गरिएका सिक्काहरु कलात्मक हुनाका साथै विभिदतापुर्ण रहेको कारणले आकर्षक मानिन्छन्।
त्यसपछिको सिक्का भनेको शाहकालीन सिक्का हुन्। यस समयमा टकमरी गरिएका सिक्काहरुको डिजाइनमा खासै विभिदता पाईंदैन।

यहाँ चर्चा गर्न खोजिएको विषय भनेको सिक्काको घेरामा प्रयोग गरिएको थोप्ले बुट्टा को हो। थोप्ले बुट्टाको प्रयोग लिच्छवि कालिन मुद्रा देखि हाल प्रचलनमा रहेको आधुनिक सिक्का सम्ममा पनि भएको पाइन्छ। तर उक्त थोप्लाको आकार र संख्यामा भने एकरुपता पाइँदैन। कुनै कुनै सिक्काको अगाडि र पछाडिको भागमा समेत उक्त संख्या फरक रहेको पाइन्छ। हाल आएर आधुनिक सिक्काहरुमा भने त्यो संख्यालाई निश्चित गरिएको पाइन्छ जुन ६४ थोप्लाको हुन्छ। ६४ थोप्लालाई ६४ योगिनीको प्रतिकको रुपमा ब्याख्या गरिएको पाइन्छ। तर लिच्छविकालिन, मल्लकालीन तथा शाहकालीन(आधुनिक बाहेकका) सिक्काहरुमा प्रयोग गरिएको उक्त थोप्ला मात्र बुट्टाको रुपमा प्रयोग भएको देखिन्छ। उक्त थोप्लाको संख्यालाई ६४ मान्नु र त्यसै अनुसार ब्याख्या गरिनु गलत तथ्य हुन जान्छ।

यहाँ उदाहरणको लागि केहि नमुना सिक्काहरु प्रस्तुत गरिएका छन्।

नेपाली सिक्काको एकाइ १०० पैसा बराबर १ रुपैयाँ  बि. सं. १९६० साल देखि गरिएको हो भने सिक्कामा मुल्य अंकित गर्ने प्रचलन बि....
20/09/2023

नेपाली सिक्काको एकाइ १०० पैसा बराबर १ रुपैयाँ बि. सं. १९६० साल देखि गरिएको हो भने सिक्कामा मुल्य अंकित गर्ने प्रचलन बि.सं. १९७५ साल देखि हुन थालेको हो। त्यस भन्दा पहिले ६४ पैसा बराबर १ डबल(२ मोहर, हालको १ रुपैयाँ) हुन्थ्यो र सिक्काको मुल्याँकन तौलको आधारमा गरिन्थ्यो। अन्तराष्ट्रिय क्याट्लगहरुमा पैसा उल्लेख नगरिकन १/२ मोहर, १/४ मोहर, १/८ मोहर, १/१६ मोहर इत्यादि उल्लेख गर्नुको कारण नै नेपाली पैसामा दुई फरक फरक एकाइ प्रचलित भएकोले हो।

४ दाम = १ पैसा = १/३२ मोहर
२ पैसा = १/२ आना = १/१६ मोहर
४ पैसा = १ आना = १/८ मोहर
८ पैसा = २ आना = १/४ मोहर = १ सुकि (हालको १२.५ पैसा)
१६ पैसा = ४ आना = १/२ मोहर = २ सुकि = १ सुका(हालको २५ पैसा)
३२ पैसा = ८ आना = १ मोहर = ४ सुकि = २ सुका(हालको ५० पैसा)
६४ पैसा = १६ आना = २ मोहर = ८ सुकि = ४ सुका = १ डबल = १ रुपैयाँ(हालको १०० पैसा)

यस बाहेक ब्यबहारमा सजिलोको लागि बोलिचालीमा बिभिन्न समयमा बिभिन्न शब्दहरुको प्रयोग भए तापनि आधिकारिक तथ्यहरु यि नै हुन्।

Address

Kathmandu

Telephone

+9779851003282

Website

Alerts

Be the first to know and let us send you an email when Old Money Of Nepal ऐतिहासिक नेपाली मुद्रा संकलन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Old Money Of Nepal ऐतिहासिक नेपाली मुद्रा संकलन:

Share