07/06/2026
Nepal Bhumi Bank Limited ले मिति २०८३।०२।२२ गते आयोजना गरेको सम्मान तथा मनोनयन कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई सम्मान एवं जिम्मेवारी प्रदान गरिएको छ।
माननीय राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्य ज्यूलाई संरक्षक पदमा मनोनयन गरिएको छ भने श्री राहुल रेग्मी, सह–प्रा.डा. इ. राम बाबु सिंह, श्री उमेश बहादुर मास्के तथा श्री नारायण कुमार श्रेष्ठ ज्यूहरूलाई सल्लाहकार पदमा मनोनयन गरिएको छ।
त्यसैगरी, सह–प्रा.डा. शंकरनाथ उप्रेती, पवित्रा कुमारी पोखरेल, सह–प्रा.डा. हरि कृष्ण दाहाल, दुर्गा कुमार थापा, प्रा.डा. मोहन पन्थी तथा प्रा.डा. जीवनाथ ढिताल ज्यूहरू JV Foundation को विभिन्न पदमा नियुक्त हुनु भएको अवसरमा Nepal Bhumi Bank Limited का तर्फबाट सम्मान आदान–प्रदान गरिएको छ।