13/04/2023
६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बलम्बु सहकारी समूहको आयोजनामा २०८० काे भिते पात्रो को लागी भए काे फोटो प्रतियोगिताकाे पुरस्कार बितरण तथा लोकार्पण कार्यक्रम हिजो वलम्बुमा सम्पन्न भयो। चन्द्रागिरी वडा नं १२का वडा अध्यक्ष श्री नहुछेबहादुर महर्जन काे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मा सहकारी अभियान का श्री दीपक पनेरु काे विशिष्ट अतिथि , साथै विभिन्न व्यक्तित्वकाे उपस्थिती रहेकाे थियो। फोटो प्रतियोगितामा पुरस्कृत हुनेलाई प्रमाण पत्र र नगद पुरस्कारसहित सम्मान गरेको थियो । कार्यक्रम पश्चात नयाँ वर्ष२०८०काे क्यालेन्डर पनि वितरण गरिएको थियो ,।सहकारी समूहले आज बिहान बलम्बु भित्र सात वटा समूह बनाई सदस्यहरू को घर घर मा गै शुभकामन सहित क्यालेन्डर वितरण पनि गरेँ काे छ।