03/01/2024
जनहितमा जारि
तपाईं स्वास्थ्य बीमाबाट सेवा लिदैहुनुहुन्छ निम्नकुरामा ध्यान पुर्याउनुहोला।
🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️🗞️
१. आफ्नो स्वास्थ्य वीमा कार्ड सधै साथमा राख्नुहोस।
२. समयमै स्वास्थ्य बीमा नबिकरण गर्नुहोस।
३. स्वास्थ्य बीमाबाट सेवा लिन सक्रिय ब्यालेन्स हुनुपर्छ।
४. स्वास्थ्य बीमाबाट सेवा लिदा बिरामी स्वयंले नै आफ्नो बीमा कार्ड प्रयोग गर्नुहोला ,अरुको कार्ड प्रयोग गरेको पाईएमा नियमानुसार कार्बाहि हुनेछ।
५. वीमित पहिलो सेवा केन्द्र भन्दा बाहिरको सेवाग्राही भए रेफर चाहिन्छ
- आकस्मिक विरामीलाई रेफर चाहिदैन
- OPD Ticket स्लिपमा proxy, pt.on request , pt on demand , whole body check up जस्ता लेखिएमा बीमाले सेवा दिदैन।
६. अस्पतालमा बिरामीनै नल्याई वा ल्याएर पनि चिकित्सकलाई अनावश्यक जाच पड्ताल,ओखती लेखाउन दवाव नदिनुहोला।
७. वीमितले आफ्नो ईच्छा अनुसार क्याबिन प्रयोग गरेमा वीमितले स्वास्थ्य वीमाबाट सेवा लिनै पाउने छैन।
८. दन्त सेवामा प्रथामिक उपचार- दात निकाल्ने ,सामान्य सर्जरी,दातको चोटपटकमा मात्र वीमितले सेवा पाउछ अन्यथा अस्पतालको नियमानुसार दस्तुरलाग्ने छ।
९. सेवाग्राहीले ओ पि डिमा चिकित्सकलाई देखाईसकेपछि चिकित्सकले लेखिदिएको प्रेस्किप्सनको सम्पुर्ण विवरण सहित वीमाको दर्ता काउन्टरमा स्क्यान तथा छाप लगाउन अनिवार्य जानुपर्ने छ।
१०.बीमितले प्रक्रिया पुरागरिएको चिकित्सकको प्रेस्किप्सन स्वास्थ्य वीमाले समेटेको हाम्रो अस्पतालको फार्मेसीमा उपलब्ध रहेको ओखती स्वास्थ्य वीमा बोर्डको निर्णय अनुसार दीर्घ रोगीको हकमा बढीमा तीन महिनासम्मको लागि उपलब्ध गराईने छ।
११.नयाँ विरामी वा सेवाग्राहीले स्वास्थ्य वीमामा आबद्द हुन आफ्नो स्थाई ठेगाना भएको गाउपालिका,नगरपालिकाको वडामा कार्यरत दर्ता सहयोगी मार्फत नयाँ बनाउन ,नबिकरण गराउन सक्नुहुने छ।
१२.वीमामा आबद्द सेवाग्राहीले ward,ICU, मा भर्ना भएर उपचार गर्दा बिरामी डिस्चार्ज, भएर घरजादा ,चिकित्सकले डिस्चार्ज नदि आफै जादा वा मृत्युु हुदा डिस्चार्ज ,मृत्युु भएको लगत्तै स्वास्थ्य वीमाको काउन्टर डिस्चार्ज पेपर,डेथ सर्टिफिकेट,Admission chart बुझाएर जानू पर्ने छ।