02/03/2026
यो जनसागर, यो उत्साह र यो अपार मायाको लागि सम्पूर्ण पूर्वी चितवनवासीमा मेरो हृदयदेखि नै नमन! 🙏
आजको यस विशाल आमसभा तथा र्यालीमा उपस्थित भएर तपाईंहरूले जुन ऐतिहासिक साथ र समर्थन देखाउनुभयो, यसले मलाई हाम्रो क्षेत्रको विकास, सुशासन र समृद्धिको संकल्प पूरा गर्न हजार गुणा बढी ऊर्जा दिएको छ। सडकमा देखिएको यो भीड मात्र होइन, यो चितवन क्षेत्र नं. १ ले खोजेको स्पष्ट 'परिवर्तन र निकास' को संकेत हो!
आफ्नो अमूल्य समय दिएर यस र्यालीलाई भव्य रूपमा सफल पार्नुहुने सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा युवा साथीहरूलाई मुरीमुरी धन्यवाद।
अब यो जनलहरलाई भोटमा परिणत गर्ने बेला आएको छ। यही फाल्गुन २१ गते, नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह तारा (⭐️) मा मतदान गरी विकासको यो महाअभियानलाई ऐतिहासिक विजयमा बदलौं!
जय जनता! जय पूर्वी चितवन! ⭐️
— डा. कृष्णराज पन्त
#तारा_चिन्हमा_मतदान_गरौं