Grindlays Saving & Credit Co- op

Grindlays Saving & Credit Co- op Tell people more about your page

26/07/2023

PUCHCHHAR LE SINGGO KUKUR NAI HALLAYO

12Th AGM..
27/11/2021

12Th AGM..

दशौ  साधारण सभा सम्पन्न … मिति 2076/07/23
09/11/2019

दशौ साधारण सभा सम्पन्न … मिति 2076/07/23

06/10/2019

बडा दशै सत्यको बिजय रुप मनाईने भएकोले सबैको सफल होस् जीवन, घर परिवार, आफन्तजन,इष्टमित्र,साथिहरु र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏!!
प्रदीप कंडेल

08/09/2019

‘बैंकिङ अपराध रोक्न नयाँ प्रविधि भिœयायौं

‘बैंकिङ अपराध रोक्न नयाँ प्रविधि भिœयायौं
पूर्व लेफ्टिनेन्ट कर्नेल जयन्द्रबीर सिंह बस्नेत (प्रमुख) जी फोर्स सेक्युरियटी कम्पनी प्रा.लि. भदौ १४ गते काठमाडौंमा एटीएमको स्वीच नै ह्याक गरेर करोडौं रुपैयाँ निकालियो ।
सूचना प्रविधिको विकाससँगै नेपालमा बैंकिङ सुरक्षाको चुनौती पनि थपिएको स्पष्ट भएको छ । चिनियाँ ह्याकरले करोडौं रुपैयाँ चोरी गरेको घटनाले सुरक्षा चुनौती बढेको स्पष्ट हुन्छ । ह्याकरले एटीएमको स्वीच प्रणालीमै मालवेयर (भाइरस) प्रयोग गरेर एटीएमबाट ठूलो राशीको पैसा निकाले । एक बैंकका कर्मचारीको चलाखीले बैंकको चोरी भएको रकम र अभियुक्त पक्राउ गर्न सफल भयो । अन्यथा

करोडौं रुपैयाँ चोरीको घटनाले नेपाली बैंकिङ क्षेत्रमा ठूलै तरङ्ग ल्याउने थियो । विश्वसनीयता निकै घट्ने थियो । प्रहरीले समयमै सूचना पाएकाले क्षति हुन नपाएपछि यो घटनाले फेरि बैंकिङ सुरक्षामा चुनौती थपेको छ । बैंकिङ सुरक्षाको लागि प्रविधिहरुको पनि विकास भइरहेको छ । त्यसको प्रयोग गर्ने हो भने यस्ता घटनालाई सहजै रोक्न सकिने सुरक्षा सेवा प्रदायक कम्पनी जी फोर्स सेक्युरियटी कम्पनीको दाबी छ । उच्चस्तरीय प्रविधिबाट सुरक्षा अवस्थाको निगरानीका साथै शंकास्पद घटनाबारे तत्काल जानकारी गराउने प्रविधि नेपालमा भिœयाइएको र त्यसको सफल परीक्षण पनि गरिएको जी फोर्स सेक्युरियटी कम्पनीका प्रमुख भूपू लेफ्टिनेन्ट कर्नेल जयन्द्रबीर सिंह बस्नेतको भनाइ छ । बैंकिङ सुरक्षा र उच्च स्तरीय सुरक्षा प्रविधिको विषयमा रहेर बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंशः

जी फोर्स सेक्युरियटी कम्पनीस“ग कति जनशक्ति छन् र कुन कुन क्षेत्रमा सेवा दिइरहनुभएको छ ?

जी फोर्स सेक्युरियटी कम्पनी नेपालको लिडिङ कम्पनी हो । अहिले तीन हजार पाँचसय जनाभन्दा बढी सुरक्षा गार्ड हामीसँग आवद्ध छन् भने हामीसँग तीन सयवटा भन्दा बढी क्लाइन्ट रहेका छन् । हामीले नेपालका प्रमुख बैंकहरु बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकलगायत ‘क’ वर्गको अधिकांश बैंकमा सबै हामीले सुरक्षा गार्डहरु उपलब्ध गराइरहेका छौं । त्यस्तै मल्टिनेशनल कम्पनी, औद्योगिक करिडोर, हस्पिटललगायतमा सेक्युरियटी गार्ड उपलब्ध गराइरहेका छौं ।

साथसाथै हामीले सुरक्षाको लागि उच्चतम प्रविधि पनि नेपालमा भिœयाएका छौं । क्रमिक रुपमा हामीले उक्त प्रविधि जडानको काम पनि गरिरहेका छौं । यो प्रविधि हामीले देशभर पु¥याउने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं ।

केहीदिनअघि मात्रै चिनियाँ ह्याकरले एटीएमबाट करोडौं रुपैयाँ चोरी गरी भयो, यसलाई जिफोर्स सेक्युरियटीले सुरक्षा संवेदनशीलताको हिसाबले कसरी हेरेको छ ? यो त धेरै ठूलो सुरक्षा चुनौती होइन र ?

बैंकमा दुई किसिमको सुरक्षा चुनौती हुन्छ । एउटा साइबर सेक्युरियटी जून हाम्रो सेक्युरियटी कम्पनीको क्षमताभित्र पर्दैन । बैंककै सर्भर ह्याक गरेर चोरी गर्ने हुँदा हामीले त्यसमा केही गर्न सक्दैनौं । अर्को हार्डवेयर सुरक्षा चुनौती हो, त्यसको सुरक्षाको लागि हामी सत प्रतिशत सक्षम छ ।

काठमाडौंको एटीएम चोरी काण्डमा जिफोर्सबाट खटिएका सुरक्षाकर्मीको भूमिका के रह्यो ?

त्यतिबेला त्यो घटना भएको बेला हाम्रो सेक्युरियटी त्यहाँ खटिएको अवस्था थिएन । हामीले त्यो खबर पाउने बित्तिकै गएर अभियुक्तलाई पक्राउ गर्ने काममा सहयोग ग¥यो । हामीले गर्ने भनेको चोरीको रोकथाम हो । त्यो रोकथाम गर्न निजी सुरक्षा गार्ड तत्पर नै छ ।

यहाँहरुले भिœयाएको भनिएको उच्च प्रविधियुक्त सुरक्षा यन्त्रमार्फत कहिलेदेखि कसरी सेवा सुरु गर्नुहुन्छ ?

हामीले ल्याएको टेक्नोलोजीले उच्चतम सुरक्षा प्रदान गर्नसक्छ । हामीले ल्याएको प्रविधि भनेको भिएमएस प्रविधि हो । योभन्दा अगाडि हामीसँग भएको प्रविधि भनेको सीसीटिभी जोडेर डिभिआर एमभिआरबाट मनिटरिङ गर्ने मात्रै थियो । अब हामीसँग भएको प्रविधिले सर्भिलेन्स र इन्टेलिजेन्सको पनि काम गर्छ । इन्टेलिजेन्सको आधारमा कुनै गलत गतिविधि हुन लागेको भन्ने हामीलाई पूर्व सूचना हुन्छ । सिस्टमैबाट त्यो घटना हुनबाट हामीले केही समय अल्मल्याउन सक्छौं ।

यस्तो प्रविधि बैंकहरुमा प्रयोग गरिसक्नुभएको छ ?

भर्खरै हामीले ल्याएको प्रविधि हो यो । र हामीले नेपाल प्रहरी र सरकारी सुरक्षा निकायको लागि पनि निकै उपयोगी प्रविधि हो । यो प्रविधि नेपाल प्रहरी प्रमुखकै अघि नमूना प्रयोग गरेका छौं । अहिले परीक्षणको लागि रानीपोखरी, भक्तपुर प्रहरी कार्यालयमा जोडेर परीक्षण गरिरहेका छौं । सफ्टवेयर प्रविधिमार्फत पूर्वसूचना लिनेदेखि सम्पूर्ण काम गर्छ । यसले डाटा एनालाइसिस पनि गर्छ । कुनै घटना भइहाल्यो भने घण्टौं लगाएर भिज्युअल खोज्नुपर्ने झन्झट हुँदैन । पाँच घण्टाको भिडियोलाई एक मिनेटभरमै एनालाइसिस गर्न सक्छौं । यो प्रविधि ज्यादै उपयोगी हुन्छ ।

चिनियाँ ह्याकरले ह्याक गरेर पैसा निकालेको जस्तै घटना दोहोरिने सम्भावना कतिको देखिन्छ ?

यस्तो घटना दोहोरिन सक्छ । सफ्टवेयर ह्याक गरेर हुने घटना हो यो । आखिर सफ्टवेयर ह्याक गरे पनि डाइरेक्ट खातामा पैसा ट्रान्सफर गरेको होइन । यसको लागि एटीएमकै प्रयोग गरेको छ । हार्डवेयरको पनि प्रयोग गरेका कारण यस्तो घटनालाई हामीले उच्चतम प्रविधि प्रयोग गरी रोक्न सक्छौं ।
सफ्टवेयरमार्फत ह्याक गरी खाताबाटै पैसा ट्रान्सफर गर्दा चाहिँ तपाईहरुले सुरक्षा दिनसक्नुहुन्छ ?

खातैबाट पैसा ट्रान्सफर हुँदा चाहिँ बैंककै आइटीको डिपार्ट बढी जिम्मेवार हुनुपर्छ । यसमा हामी निजी सुरक्षा कम्पनीको कुनै भूमिका हुन सक्दैन । बैंकको सफ्टवेयर सुरक्षा सतर्कता बढाउनुपर्छ ।
तपाईहरुले चौबिसै घण्टा सुरक्षाको जिम्मेवारी लिइरहनुभएको छ कि निश्चित समयको लागि मात्रै ?

कुनै बैंकहरुले चाहिँ चौबिसै घण्टा सुरक्षा माग गर्छन् हामी त्यहि अनुसार सुरक्षा दिन सक्छौं । कोहीले ८ घण्टाको लागि मात्रै सुरक्षा माग्छन् हामी त्यहिअनुसार सुरक्षा दिन्छौं । हामीले अहिले प्रयोगमा ल्याएको सुरक्षा प्रविधि अपनायौं भने हार्डवेयर प्रविधिबाट हुने ९५ प्रतिशत बैंकिङ अपराधमा कमी आउनेछ ।

रातमा एटीएम सेवा सञ्चालन गर्न धेरै बंैकहरुले सुरक्षाको कारण देखाइरहेका छन् ।

रातमा पनि एटीएमको सुरक्षा गर्ने काममा तपाइहरुका गार्ड सक्षम छन् कि छैनन् ?

यदि हामीलाई त्यो जिम्मेवारी दिने हो भने हामी सत प्रतिशत सुरक्षा दिन सक्छौं । अरु कम्पनीको भन्न सक्दैनौं जीफोर्स सेक्युरियटी चाहिँ सेवा दिन सक्षम छ ।

बैंकिङ सुरक्षा सतर्कता बढाउन के गर्नुपर्ला ?

आन्तरिक सफटवेयर ह्याकिङ हुने समस्यामा आइटी विशेषज्ञहरुले सफ्टवेयर ह्याक गर्न नसक्ने बनाउनुपर्छ । सफ्टवेयर ह्याक गरी रकम चोरी गर्ने घटनामा चाहिँ हामीसँग भएको प्रविधिले काम गर्छ । हामीसँग भएको प्रविधियुक्त क्यामेरामा धेरै किसिमका क्षमता छ । सिसिटिभी भनेको आँखा मात्रै हौ अब अहिलेको प्रविधि भनेको आँखा र दिमाग पनि छ । जून घटना भइरहेको स्थानमा घुमेर सिसिटिभीमार्फत खिचेर तुरुन्तै रिपोर्ट पठाइहाल्छ । जसले गर्दा हामीले तुरुन्तै कन्ट्रोल रुमबाट सुरक्षाकर्मी खटाएर घटना नियन्त्रण गर्न सक्छौं ।

9th AGM OF GRINDLAYS SAVING AND CREDIT CO-OPERATIVE, HETAUDA-10 , 2075/06/27
13/10/2018

9th AGM OF GRINDLAYS SAVING AND CREDIT CO-OPERATIVE, HETAUDA-10 , 2075/06/27

Congtats to the new elected team.. Pradeep Kandel Sunil Adhikari
16/09/2017

Congtats to the new elected team.. Pradeep Kandel Sunil Adhikari

Grindlays Saving & Credit Co- op 8th annual general meeting ..
16/09/2017

Grindlays Saving & Credit Co- op 8th annual general meeting ..

Wel come to all members..
16/09/2017

Wel come to all members..

Address

T. C. N. Road
Hetauda
00977

Telephone

0097757526495

Website

Alerts

Be the first to know and let us send you an email when Grindlays Saving & Credit Co- op posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share