27/08/2026
🚨 तत्काल खोजी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध 🙏
धादिङ जिल्ला, गङ्गाजमुना गाउँपालिका–७, बुढाथुम गलने निवासी भाइ भगवान बरुवाल रसुवाको टिमुरेबाट मिति २०८३/०५/१० गते बिहान भोटेकोशीबाट आएको बाढीको महाविपत्तिपछि हालसम्म सम्पर्कविहीन हुनुहुन्छ।
उहाँ कहाँ, कस्तो अवस्थामा हुनुहुन्छ भन्ने कुनै जानकारी प्राप्त हुन सकेको छैन। त्यसैले खोजी कार्यमा सहयोग गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।
📸 तपसिलको फोटोमा भएको व्यक्तिलाई कसैले देख्नुभएको वा भेट्नुभएको भए, उहाँको अवस्थाबारे कुनै जानकारी भएमा कृपया चाँडोभन्दा चाँडो यस नम्बरमा सम्पर्क गरिदिनुहोला:
📞 9705654830
🙏 कृपया यो सूचना धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्याउन शेयर गरिदिनुहोला।
एक शेयरले पनि उहाँलाई परिवारसँग पुनर्मिलन गराउन ठूलो सहयोग पुग्न सक्छ। 🙏