24/12/2014
अमृत वर्षा बीमा योजना (अग्रिम भुक्तानी)
नेपालको जीवन बीमा बजारमा आफ्नो छुटै पहिचान बनाउन सफल ‘नीजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी’ बाट परिचित यस नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकवर्गको चाहनालाइ मनन गरी नयाँ–नयाँ जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्दै आएको छ । ग्राहकवर्गहरुको अनुरोध एवं बढ्दो मुद्रास्फितिलाई समेत मध्येनजर राखी पटक–पटक नियमित रुपमा बीमाङ्क रकमको निर्धारित रकम प्राप्त गरी आफ्नो भावी योजनालाई सहजरुपमा व्यवस्थित गर्न सहयोग पुरायोस भन्ने धारणाले अग्रिम भुक्तानी बीमाको सिद्धान्तमा आधारित ‘अमृत वर्षा बीमा योजना’ जनसमक्ष प्रस्तुत गरेको छ । बीमा अवधि भित्रै समानुपातिक हिसाबले बीमाङ्क रकम उपलब्ध गराउने यो वास्तविक रुपमा अग्रिम भुक्तानी बीमा योजना हो । यस बीमा योजनाको विशेष महत्तवपूर्ण पक्ष भने बीमा अवधि समाप्तीपश्चात् १० वर्षसम्म मासिकरुपमा बीमाङ्क रकमको आफुले छानेको रकम नियमित रुपमा प्राप्त गर्नसक्ने व्यवस्थाले भविष्यको (अवकाश जीवनको) सारथीका रुपमा सहयोग पुरायाउँछ भन्ने दृढ विश्वास लिएका छौँ ।
यस योजनामा सरिक हुने प्रावधानहरु
न्यूनयतम प्रवेश उमेर : १८ वर्ष
अधिकतम प्रवेश उमेर : ५५ वर्ष
अधिकतम बीमा समाप्ती उमेर : ७० वर्ष
बीमा अवधि : ७, १०, १३, १६, १९, २२, र २५ वर्ष
न्यूनतम बीमाङ्क रकम : रु. ५०,०००।–
अधिकतम बीमाङ्क रकम :रु. २०,००,०००।–
बीमाशुल्क भुक्तानी गर्ने तरिका : वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक
उमेर गणना गर्ने तरिका : आगामी उमेर
बीमा लाभ जीवीत रहेमा
बीमा अवधिको आधारमा निम्न लिखित अवधि र प्रति हजार तोकिएको रकम प्रदान गरिन्छ र अवधि समाप्तीमा बीमाङ्क रकमको पूरा अवधिको बोनससहित भुक्तानी गरिन्छ ।
Per thousand Premium Period
Term Policy 4 7 10 13 16 19 22 25
7 500 500
10 333 333 334
13 250 250 250 250
16 200 200 200 200 200
19 166 166 167 167 167 167
22 142 143 143 143 143 143 143
25
125 125 125 125 125 125 125 125
बीमा अवधि समाप्त भएको मितिले एक महिना पूरा भएपछि बीमाङ्क रकमको १ प्रतिशत वा ०.५ प्रतिशत –बीमितले छनौट गरेको आधारमा) १० वर्षसम्म अर्थात १२० महिनासम्म नियमित रुपमा भुक्तानी गरिन्छ ।
निधन भएमा
बीमा अवधिभित्र निधन भएमा पूरा बीमाङ्क रकम र बीमाशुल्क भुक्तानी गरेको मितिसम्मको नियमानुसारको बोनस इच्छाइएको व्यक्तिलाई एकमुष्ठ भुक्तानी गरिन्छ ।
बीमा अवधि समाप्तीपश्चात् १० वर्षको अवधिभित्र निधन भएमा १२० किस्तामध्ये भुक्तानी गर्न बाँकी रकम एकमुष्ठ इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ ।
अन्य अवस्था
By adding Rs.2 per thousand on premium, insured gets premium waive in case of permanent disability due to illness or accident
Tax save
Loan and surrender value