03/03/2019
बालबच्चाको जीवन बीमा योजना nepal life insurance company
यस कम्पनीले आफ्ना अमुल्य ग्राहकहरुको निमित्त "केटाकेटीको शिक्षा र विवाह सावधिक जीवन बीमा योजना" र "छोराछोरीको शिक्षा र विवाह अग्रिम भुक्तानी जीवन बीमा योजना" जनसमक्ष प्रस्तुत गरेको छ । यस बीमा योजना अर्न्तर्गत १ वर्षेखि ११ वर्षम्म उमेर पुगेका बालबच्चाहरुको लागि "केटाकेटी सावधिक जीवन बीमा" र "छोराछोरी अग्रिम सावधिक जीवन बीमा" बीमाङ्क रु. ५०,०००/- देखि ५०,००,०००/- सम्मको जीवन बीमा गर्न गराउन सकिन्छ । यस योजनाको मुख्य विशेषता निम्न बमोजिम छ ।
केटाकेटी सावधिक जीवन बीमा र छोराछोरी अग्रिम सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको ७ वर्षउमेर पुरा भएपछि बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अर्न्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।
यस योजनाको मुख्य विशेषता निम्न बमोजिम छ ।बीमा शुल्क छुट सुविधा (PWB): केटाकेटी सावधिक जीवन बीमा र छोराछोरी अग्रिम सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमा शुल्क तिरी बीमा शुल्क छुट सुविधा (PWB) लिन सकिने छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसूचीमा उल्लेख भए बमोजिम दुर्घटनाको कारणबाट अशक्त/अपाङ्ग भएमा बाँकी बीमा अवधिको लागि बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी छुट प्रदान गरिने छ । यस्तो सुविधाको लागि बीमाङ्क रु ५,००,०००/- को सिमांकन कायम गरिएको छ ।
जोखिम बहन सुविधा (Additional Risk Cover Benefit)
जीवन बीमाका ग्राहकको आकांक्षा अनुरुप छोरा छोरीको जीवन बीमा योजना अन्तर्गत बीमा प्रस्तावकको मृत्यु जोखिम बीमा लेखमा समावेश गर्न पाउने व्यवस्था गरिएको छ । यस योजना अन्तर्गत थप शुल्क तिरी बीमा प्रस्तावकको मृत्यु जोखिम वहन गराएमा बीमा अवधि भित्र बीमा प्रस्तावकको मृत्यु भएमा बीमितको उमेर २२ वर्षपुगेपछि थप जोखिम बहन सुविधा ARCB वापतको रकम एक मुष्ट बीमितलाई भुक्तानी गरिने छ ।
ऐच्छिक सुविधाहरुको लागि बीमाड्क रकमको सिमाड्कन
केटाकेटीको शिक्षा र विवाह सावधिक जीवन बीमालेखमा बीमाशुल्क छुट सुविधा (PWB) र छोराछोरी शिक्षा र विवाह अग्रिम सावधिक जीवन बीमालेखमा थप जोखिम बहन सुविधा (ARCB) को लागि बीमाङ्क रकम रु. ५ लाख मात्र सिमाङ्कन गरिएको छ । तर्सथ (PWB) र (ARCB) को सुविधा समानुपातिक रुपमा लिनु पर्ने छ । प्रस्तावकको उमेर ६० वर्षभन्दा पछिको लागि यस्तो सुविधा दिइने छैन । santosh singh saud 9848830175 / 9815653360