Gandaki Bikas Bank Limited

Gandaki Bikas Bank Limited All in summary

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडको विशेष साधारण सभा बैंकका अध्यक्ष श्री सुशिल गौचनको अध्यक्षता...
03/06/2020

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेडको विशेष साधारण सभा बैंकका अध्यक्ष श्री सुशिल गौचनको अध्यक्षतामा आज सम्पन्न भएको छ । सो विशेष साधरण सभाले गण्डकी विकास बैंक लिमिटेडलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्ती गर्ने विशेष प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
प्राप्ती पश्चात गण्डकी विकास बैंक लिमिटेडका शेयरधनीहरुले मेगा बैंक नेपाल लिमिटेडको एक कित्ता शेयर बराबर एक कित्ता शेयर (१ :१) प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरेको हो ।
प्राप्ती पश्चात मेगा बैंक नेपाल लिमिटेडको नामबाट बैंकको एकिकृत कारोबार भई बैंकको कुल चुक्ता पूँजी रु १३ अर्व १३ करोड हुनेछ भने निक्षेप रु १ खर्व २५ अर्व हुनेछ । साथै कर्जा लगानी रु १ खर्व ९ अर्व हुनेछ । यसै गरी कुल शाखा संख्या २०६ र एक्टेन्सन काउन्टर ३० वटा हुनेछन् भने १४२ स्थानबाट एटिएम सेवा उपलब्ध हुनेछ । प्राप्ती पश्चात बैंकको उपस्थिती मुलुकका सातै प्रदेश अन्तर्गतका कुल ५८ जिल्लामा हुनेछ ।

गण्डकी विकास बैंक लिमिटेडले पोखरा नयाँ बजार स्थित महेन्द्र उच्च मा.वि.लाई आठ थान कम्प्युर सेट हस्तान्तरण गरेको छ । उक्त ...
20/05/2020

गण्डकी विकास बैंक लिमिटेडले पोखरा नयाँ बजार स्थित महेन्द्र उच्च मा.वि.लाई आठ थान कम्प्युर सेट हस्तान्तरण गरेको छ । उक्त कम्प्युर सेट बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा उक्त विद्यालयको शैक्षिक उन्नयन तथा शैक्षिक गुणस्तर बृद्धिका लागि प्रदान गरिएको हो । विद्यालयले बैंकबाट सहयोग स्वरुप प्राप्त कम्प्युटरहरु मार्फत कम्प्युटर विज्ञानमा विद्यार्थीहरुको अभिरुची बृद्धि गराउने, सिकाई र बुझाईमा सहज पार्ने तथा कम्प्युटर सम्वन्धी कक्षा सञ्चालन गरी विद्यार्थीहरुको ज्ञानको दायरा बढाउने कार्यमा सदुपयोग हुनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले उपलब्ध गराएको यस सहयोगले विद्यालयका करिब १२०० सय विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । उक्त कम्प्युटर सामाग्रीहरु विद्यालय परिसरमा उपस्थित भई बैंकका सञ्चालक श्री किशोर ओझाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद बास्तोलालाई हस्तान्तण गर्नु भएको थियो । कम्प्युर सेट हस्तान्तरण कार्यक्रममा बैंक व्यवस्थापनका प्रतिनिधिहरु तथा विद्यालय प्रसासन तथा व्यवस्थापनका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

आजको राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित विशेष साधारणसभा सम्बन्धि सूचना ।
15/05/2020

आजको राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित विशेष साधारणसभा सम्बन्धि सूचना ।

07/05/2020




06/05/2020



१३१ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना !!!
01/05/2020

१३१ औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना !!!

बिजुलीको बिल तिर्नको लागि पनि GandakiSmart सहयोगी छ ।
28/04/2020

बिजुलीको बिल तिर्नको लागि पनि GandakiSmart सहयोगी छ ।

27/04/2020


22/04/2020



21/04/2020


Address

Newroad
Chipledhunga
00977

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki Bikas Bank Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share