National life Insurance company

National life Insurance company your future our support....couz life is priceless.

16/01/2022
05/04/2019

जिवनमा बिमा किन आबस्यक छ ?

कुनै पनि घटना घण्टी बजाएर आउँदैन । न यस्ले पूर्व सूचना नै दिन्छ । जोखिमको जानकारी पहिल्यै पाउने भए बिमाको आबश्यकता पर्ने नै थिएन । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपूर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बिमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने व्यक्ति) बीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छन् ।

तपाईं हामी सबै भोलि अर्थात भविष्यका बारेमा अनविज्ञ छौं । अचानक भोलि जेसुकै हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्छ । यसरी भोलिका दिनमा हुन सक्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्न अपनाइने कानूनी विधि वा बीमा कम्पनिसँग गरिने एक प्र्रकारको सम्झौता नै बीमा हो ।

बीमा कम्पनीहरु मुलुकको ऐनअनुसार स्थापना भई नियामक निकायको रेखदेखमा संचालन हुन्छन् । विदेशी ठूला कम्पनिसँग पुनर्बीमा गर्ने हुँदा यी बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । त्यसैले यी कम्पनिलाई आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छ ।

‘‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ–‘जिम्मेवारी लिनु ।’ त्यसैले विभिन्न विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा व्याख्या गर्ने गरेका छन् ।

१. जीवन बीमा
बीमा समिति (बीमा क्षेत्रको नियामक निकाय) ले ‘जीवन बीमा’ लाई व्यक्तिको आयुको आधारमा किस्ताबन्दी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करारसम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । जीवन बीमालाई तीन वर्गमा विभाजन गरिएको छ ।
क. आजीवन जीवन बीमाः बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमा गर्दा निर्धारित अवधिसम्म बिमा गर्ने व्यक्ति (बिमित) ले बीमा शुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुष्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि बिमा गर्ने व्यक्तिले बीमा शुल्क तिर्नु पर्दैन । मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै बिमा गर्ने व्यक्ति (बिमित) को मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।

ख. सावधिक जीवन बीमाः निश्चित अवधिसम्ममा तोकेर गरिने बीमा सावधिक जीवन बीमा हो । यसअन्तरगत जीवन बीमा गर्ने व्यक्ति आफैले एकमुस्ट रकम प्राप्त गर्न सक्दछ । यद्यपि तोकिएको समय अवधिभित्र उसको मृत्यू भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ ।

यदि बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्तान भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवाला व्यक्तिले प्राप्त गर्छ । दोहोरो दुर्घटना लाभसमेत समेटिएको योजनामा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।

ग. म्यादी जीवन बीमाः सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बीमा गर्ने व्यक्तिले बीमा शुल्क भुक्तानी गर्दछ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोनस प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन ।

नेपालमा बीमाको सुरुवात
‘नेपालको आधुनिक बीमा व्यवसायको सुरुवातको इतिहास धेरै पुरानो छैन । आरम्भमा भारतीय बीमा कम्पनीहरुले खुलारुपमा कार्यालय खोली बीमा अभिकर्ता वा इन्सपेक्टर (कम्पनिको प्रतिनिधि) मार्फत नेपालमा बीमा व्यवसाय चलाएका थिए । स्वदेशी बीमा कम्पनिको स्थापना हुनुभन्दा अघि ६ वटा भारतीय बीमा कम्पनीले नेपालमा काम गरेको अभिलेख भेटिन्छ ।

बैंकिङ कारोबारको बृद्धिसँगै बीमाको महत्व र आवश्यकता बढ्यो । नेपाल बैंक लिमिटेडले २००४ असोज ८ गते बीमा कारोबार सम्हाल्न आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरेको थियो । यसलाई नेपालको पहिलो बीमा कम्पनीको मान्यता दिइएको छ । उक्त माल चलानी कम्पनी अहिले नेपाल इन्स्योरेन्स कम्पनीको नामले क्रियाशील छ ।

बीमाको आबश्यकता
बीमा गर्दा कुनै पनि व्यक्तिले दोश्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बीमा गर्दा बिमितलाई कहिलै घाटा हुँदैन । बीमा गर्ने कम्पनिले पनि पुनर्बीमा गर्ने भएका कारण उक्त कम्पनीमा क्षति हुँदा वा उक्त कम्पनी डुवेको अबस्थामा पनि बीमा गर्ने व्यक्तिलाई हानी हुँदैन । पुर्नबीमा भनेको उक्त बीमा कम्पनीको पनि बीमा गरिएको भन्ने हो ।

बीमा गर्दा भविश्यको सुरक्षा हुने हुँदा यसले उज्वल भविश्यका लागि सहायता गर्दछ । विभिन्न किसिमका घटनाका साथै हुलदङ्गा आदिको जोखिमबाट बच्नका लागि पनि बीमा गर्नु उपयुक्त मानिन्छ । जीवन बीमाको हकमा बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएको अबस्थामा पनि परिवारमा आर्थिक समस्या पर्दैन । बीमितको परिवारले बीमा कम्पनीबाट प्राप्त गरेको रकमबाट आफ्नो जीविका चलाउन सक्छ ।

आयकर ऐनअनुसार बीमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा करछूट हुने व्यवस्था छ । करमा छूट पाइने हुँदा बीमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
बीमा गर्दा २ वर्षको बीमा शुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमा लेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन -National life insurance company limited.

17/03/2019

Amrit Barsaha Money Back Policy

It is a money back plan in a true sense and you get period specified percentage of sum assured during the policy term itself in a perfect proportionate manner. It is profit plan with bonus paid at maturity. Further, if the assured dies within the policy period, full sum assured is paid without deducting any installment which have already been paid. The plan is helpful to cover periodic expenses in the life of the assured.
Policy Requirements

Minimum Entry Age : 18 Years

Maximum Entry Age : 55 Years

Maximum Insurance Maturity Age : 70 Years

Policy Term : 7, 10,13,16,19,22 and 25 Years

Minimum Sum Assured: Rs. 50,000/-

Maximum Sum Assured: Rs. 100,00,000/-

Premium Payment Frequency: Yearly, Half Yearly, Quarterly, Monthly

Age computation: Age Next Birthday

Policy Benefit on Death

On death insured amount and bonus calculated on last premium paid will be paid to nominee

Other Benefits

By adding Rs.2 per thousand on premium, insured gets premium waive in case of permanent disability due to illness or accident

Tax save

Loan and surrender valu

26/02/2015

your future our support....couz life is priceless.

Address

Butwal
Butwal

Alerts

Be the first to know and let us send you an email when National life Insurance company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share