Pramod Babu Tiwari

Pramod Babu Tiwari Professionally bankers with 32 Years of banking experience in 2 commercial bank of Nepal.

25/12/2023

नरायणगढ-बुटवल खण्डको बाटो विस्तारको नाममा थुप्रै बर्षदेखी अलपत्र छ । जसको कारण समयमा निर्धारित गन्तब्यमा पुग्न नसकिने मात्र हैन, सवारी साधनमा हुने क्षतिले खर्च बढ्ने, इन्धन खर्च बढ्ने, टायरको क्षतिको कारण आयात वृद्धि भै विदेशी मुद्राको संचिती घट्ने, ढुवानि खर्छ बढ्न गइ महङ्गी बढ्ने, मानिसको स्वास्थ्यमा असर पारी स्वास्थ्य उपचार खर्च बढ्ने जस्ता थुप्रै नकारात्मक असर पर्ने भएकोले नागरिकको हित र राष्ट्रिय अर्थतन्त्रको लागि पनि यसको निर्माणमा सरकारको ध्यान जान जरुरी छ ।

17/10/2023

प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको कारण उहाँको मुटुको एन्जिओग्रामको लागि अस्पताल भर्ना गरिएको छ ।
गणतन्त्र, संघियता र समानुपातिक व्यवस्थाका प्रवर्धक क. प्रचण्डको शिघ्र स्वास्थ्यलाभको कामना !

16/10/2023

अमेरिकी युद्धपोत र हतियारको बलले गाजा बिद्रोहीमाथी आक्रमण गर्ने बहानामा प्यालेस्टाइनी निर्दोष बालबालिका र आम नागरिकमाथिको हत्या बन्द गर्न जरुरी छ इजरायलले ।

नेपालको क्रीकेट खेलको इतिहासमा आज ऐतिहासिक दिन !विश्व नम्बर वानको बरियतामा रहेको पाकिस्तानको सिनियर टिमसंग आज नेपालले एस...
30/08/2023

नेपालको क्रीकेट खेलको इतिहासमा आज ऐतिहासिक दिन !
विश्व नम्बर वानको बरियतामा रहेको पाकिस्तानको सिनियर टिमसंग आज नेपालले एसिया कपमा भिड्दै छ । शुभकामना छ नेपाली टिमलाई !
(जुनियरहरुको अण्डर नाएन्टिनको टिमसंगको खेलमा भने नेपालले पाकिस्तानलाई जितेको ईतिहास छ ।)

03/08/2023

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष क. प्रचण्डले पार्टी पार्टी जस्तो बनेन भन्नुभएछ । आखिर किन यस्तो भयो त माओवादी पार्टी ? यसको जिम्मेवारी मुख्यतः तपाईं सबै केन्द्रीय सदस्यले लिनुपर्दछ किनकी तपाईंहरु पार्टी निर्माणको केन्द्र भागमा हुनुहुन्छ ।

त्यसैले रचनात्मक बन्नुस, पार्टी प्रचण्ड एक्लैले बनाएर बन्दैन, सरकार अहिले अध्यक्ष प्रचण्डले नेतृत्व गरेको बेला इतिहासमै अत्यन्तै महत्वपूर्ण कार्य भएकाछन, भ्रष्टाचारीहरु भागाभाग गरिरहेका छन, जनप्रतिनिधि संस्था संसद यहि कारण तरङ्गित छ, संसद चल्न सकेको छैन । अहिले सरकारका क्रियाकलापका कारण जनतामा आशा पलाएको छ, निरास र सुतेर बसेका कार्यकर्तामा थोरै भएपनी उत्साह जागेको छ । त्यसैले यो अत्यन्तै उर्बर समय हो पार्टी निर्माणको लागि ।

यस्तोबेला अध्यक्षबाटै यस्तो धारणा आउनुमा तपाईं केन्द्रीय सदस्यहरुले वास्तविक धरातलमा उभिएर आत्मसमिक्षा गर्नुस र भावी कार्यदिशा तय गर्नुस ।कार्यकर्ता किन जिम्मेवारीपुर्वक भुमिका निभाइरहेका छैनन ? विश्लेषण गर्नुस, जनताबाट पार्टी र नेताहरु कट्नुको जिम्मेवारी तपाईंहरुले इमान्दारीपुर्वक लिनुस । कार्यकर्तालाई माया गर्नुस, उनिहरुको ईतिहास र निर्बाह गरेका भुमिकालाई सम्मान गर्नुस, नजिक राख्नुस, उनिहरुको भुमिका बुझेर उचित जिम्मेवारी दिनुस । जनताको घर घरमा जानुस र त्यहाँ जे पाकेको छ त्यसलाई हिजो आफ्नो ईतिहास सम्झंदै मीठो मानेर खानुस, रेष्टुरेन्टको स्वाद लिन छाड्नुस । जनतालाई संधै जनयुद्धको कथा सुनाएर अर्थ राख्दोरहेनछ भनेर बुझ्नुस ! दलित, जनजाती, महिला, आदिवासी, पिछडिएका बर्ग र क्षेत्रको लागि हामिले अधिकार सम्पन्न बनाएको कुरा बुझाउनुस, सरकारले गरेका जनहितकारी कामको फेहरिस्त बनाएर बुझाउनुस । अनि बन्छ प्रचण्डले भनेजस्तो पार्टी । नत्र क्षणिक स्वार्थमा रमाउनुस, गुटबन्दी गर्नुस, मौका यहि हो भनेर भ्रष्टाचारमा लिप्त हुनुस । त्यसपछी न बजे बाँसुरी, न रहे बाँस !

30/07/2023

जता हेर्यो सुनसान छ, उद्योग, व्यापार, व्यवसाय ठप्पै छ, जनतालाई गार्हो मात्रै देखिन्छ, अर्थ ब्यवस्था चौपट छ भनेर कुनै दलले बोलेको सुनिएको छैन | अझै उदेक लाग्दो त के छ भने जनताले तिरेको कर हसुरेर सांसदहरु संसद अबरुद्ध गर्नमै मस्ती छन !
बिडम्बना सबै आ-आफ्नै राजनीतिमा मस्त !

25/07/2023

माओवादी केन्द्र, चितवनले आफ्नो पार्टी कार्यालय बनाउने निर्णय गरेको छ । श्रोत सुनिश्चित छैन । मेरो सल्लाह थियो हरेक पार्टी कार्यकर्तालाई यो असार साउनमा धान रोप्न र धान भित्र्याउने कार्यमा आगामी कार्तिक/ मंसिरमा इन्डियन र मधेसी नआएसम्म धेरैको धान नभित्र्याइने भएकोले एक दिनको अनिवार्य श्रमदान गरि आर्थिक संकलन गरेमा निर्माण कार्यको लागि आर्थिक संकलनमा सहयोग पुग्ने धारणा ब्यक्तिगत रुपमा राखेको थियं ।

20/07/2023

भ्रष्ट कर्मचारी र सुरक्षा निकायका सबैलाई थुनामा राखेर देश द्रोह र भ्रष्टाचार गरेको केसमा १० दोब्बर बिगो माग गरि मुद्दा दायर गर्न जरुरी छ गृहमन्त्रीज्यू !

20/07/2023

हिजो १०० किलो सुन, अस्ति ९ किलो, कहिले जलहरिको सुन !
कहिले नक्कली सरणार्थी, कहिले बालुवाटार जग्गा बरामद !
सुनिंदैछ ओमनि , वाइडबडी, क्यान्टोनमेन्ट, यति, गोकर्ण रिसोर्ट, अनि के के हुन हुन !
यस्ता सारा भ्रष्टाचारका शृङ्खला के हामि नागरिकलाई सह्य छ त?
कि लुटेराहरुलाई कारबाही गर्नुपर्यो कि ती चोरहरुलाई संरक्षण गर्ने नाइकेलाई !

19/07/2023

आज १०० किलो सुन, अस्ति ९ किलो, कहिले जलहरिको सुन !
कहिले नक्कली सरणार्थी, कहिले बालुवाटार जग्गा बरामद !
सुनिंदैछ ओमनि , वाइडबडी, क्यान्टोनमेन्ट, यति, गोकर्ण रिसोर्ट, अनि के के हुन हुन !
यस्ता सारा भ्रष्टाचारका शृङ्खला के हामि नागरिकलाई सह्य छ त?
कि लुटेराहरुलाई कारबाही गर्नुपर्यो कि ती चोरहरुलाई संरक्षण गर्ने तिनका नाइकेलाई !

14/07/2023

मलाई धेरै शुभचिन्तक र आफन्तहरुले बारम्बार सोध्ने प्रश्न यी हुन कि, किन यति धेरै पार्टी र तिनका नेताप्रती हुरुक्कै भएर लेखिरहनु भएको छ ? के त्यसले खान दिन्छ ? त्यही समय उत्पादनमा लाग्यो भने कति राम्रो होला ! तपाईंले जिवनभरी पार्टीलाई जुन सहयोग गर्नुभयो के सांच्चै त्यसको प्रतिफल तपाईंले कुनै बेला प्राप्त गर्नुभयो ? के जनयुद्धमा आफ्ना दाजु, काका लगायतका आफन्त गुमाउँदाको पिडा, दाजुभाइ लगायतका आफन्तले पटक पटक जेलनेल भोग्न परेको अवस्था अनि तपाई आफैले जनयुद्धताका भोगेका पिडाले तपाईलाई कतै चसक्क दुख्दैन ?
यस्तै यस्तै बेला बखतमा सोधिएका प्रश्नहरुले मन कटक्कै खाने गर्दछ कहिलेकाही !
जे होस अझैपनी मेरो सुझाव पार्टीलाई के छ भने पार्टीका नेता कार्यकर्ताहरुलाई कार्यकर्ता र जनमैत्री बनाउने, उत्पादनका कार्यमा सहभागी बनाउन जोड गर्न फेरि पनि अनुरोध गर्दछु ।

Address

Bharatpur
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Pramod Babu Tiwari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pramod Babu Tiwari:

Share