30/12/2025
जिल्ला सिरहा, वरियारपट्टी निवासी श्री सत्य नारायण साफी, तपाई एउटा गरिब परिवारमा जन्मिएर, दैनिक मजदुरी गर्दै कठिन परिश्रम, अठोट र अनुशासनका साथ अध्ययन गरी एम.बि.बि.एस. MBBS अध्ययनका लागि पूर्ण छात्रवृतिमा नाम निकाल्न सफल हुनुभएकोमा बधाई दिन चाहन्छौं ।
तपाईको यो सफलता हामी सबैका लागि अनुकरणीय र प्रेरणाको स्रोत बनेको छ । तपाईंको संघर्ष, मेहनत र सफलताले समाजका गरिब, विपन्न तथा युवा पुस्तालाई प्रेरणा प्रदान गरेको छ ।
यो सफलताको कदरस्वरूप नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट सम्मान गर्दै तपाईंको उज्ज्वल भविष्य, उत्तरोत्तर प्रगति तथा सफल जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
नेशनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत श्री राम वहादुर यादवले आज पौस १५ गतेका दिन एक समारोहका विच निज साफी भाईलाई सम्मान साथै अगाडीको अध्ययन खर्चका लागि तिन लाख रुपैया तथा लगाउने कपडाहरु हस्तान्तरण गर्नु भएको छ । साथै उक्त समारोहमा निजको वुवा आमालाई पनि सम्मान गरिएको छ ।