Thapa in Nepali market

Thapa in  Nepali market Namaste everyone i will share business ideas and stock market ideas. �

21/07/2025

BANDIPUR CABLE CAR AND TOURISM LIMITED ले IPO खुल्ला गरेको छ। ゚viralfbreelsfypシ゚viral SBI Merchant Banking Limited

17/07/2025

नेप्सेमा ७५.८४ अंकको उछाल कारोबार रकम १६अर्ब माथि ゚viralfbreelsfypシ゚viral

06/07/2025

Mabilung Energy limited ipo open today #

नेपाल बैंकको पीबी रेसियो सबैभन्दा कम, अरु बैंकहरुको यस्तो छ
16/06/2025

नेपाल बैंकको पीबी रेसियो सबैभन्दा कम, अरु बैंकहरुको यस्तो छ

कुन कुन हाइड्रोपावर होल्ड गरिरहेका छन् म्युचुअल फन्डले ? सूचीसहित
15/06/2025

कुन कुन हाइड्रोपावर होल्ड गरिरहेका छन् म्युचुअल फन्डले ? सूचीसहित

Trade tower group ipo result today. Best wish for everyone.
15/06/2025

Trade tower group ipo result today. Best wish for everyone.

सान्भि इनर्जीको आइपीओ बाँडफाँट गर्ने समय तय, भोलि सान्भि इनर्जीको आइपीओ सोमबार (जेठ २६ गते) बाँडफाँट हुँदैछ । बिक्री प्र...
08/06/2025

सान्भि इनर्जीको आइपीओ बाँडफाँट गर्ने समय तय, भोलि

सान्भि इनर्जीको आइपीओ सोमबार (जेठ २६ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार सोमबार दिउँसो ३ बजे आफ्नै कार्यालय लेखनाथमार्ग ठमेल, काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

सान्भिको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १०.७१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा २१ लाख ८ हजार २३२ जनाले कुल २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर हात पार्नेछन्
१८ लाख ६६ हजार ७०२ जनाको भने हात खाली हुनेछ । कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो ।

रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ पुस ११ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ फागुन १५ गतेसम्म बाहल

आजदेखि ऋणपत्र निष्काशन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंकनेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आज (जेठ १८ गते) द...
01/06/2025

आजदेखि ऋणपत्र निष्काशन गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले आज (जेठ १८ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदरमा ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८र८९’ निष्काशन गर्न लागेको हो।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले १९ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ। सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

With Ideapreneurnepal – I just got recognised as one of their top fans! 🎉
31/05/2025

With Ideapreneurnepal – I just got recognised as one of their top fans! 🎉

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यो बजेट अर्थमन्त्री विष्णु पौडे...
29/05/2025

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ। यो बजेट अर्थमन्त्री विष्णु पौडेलद्वारा संसद्मा प्रस्तुत गरिएको हो।

बजेटको रकम तीन मुख्य भागमा विभाजित गरिएको छ:
चालु खर्च: ११ खर्ब ८० अर्ब ९८ करोड
पुँजीगत खर्च: ४ खर्ब ७ अर्ब ८९ करोड
वित्तीय व्यवस्थापन: ३ खर्ब ७५ अर्ब २४ करोड

बजेटका लागि स्रोतको हिसाब:
राजस्व संकलनबाट १३ खर्ब १४ अर्ब जुटाउने लक्ष्य राखिएको छ।
आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब संकलन गरिनेछ।
बाँकी रकम वैदेशिक सहायता (ऋण र अनुदान) बाट व्यवस्थापन गरिने उल्लेख छ।

सरकारले सरकारी कर्मचारीको तलब नबढाएपनि महँगी भत्ता भने वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको महँगी भत्तालाई मासिक ५ हजारले बढाएका हुन् । यसअघि २ हजार मासिक महँगी भत्ता पाउँदथे । अब बढाएर ५ हजार पुर्याइएको हो । आगामी साउन १ गतेदेखि यो लागू हुने मन्त्री पौडेलले जानकारी दिए ।

नेप्सेको पुनर्संरचनाले यस पटकको बजेटमा पनि पायो प्राथमिकता
नेप्सेको पुनर्संरचनाको कुराले बजेटमा प्राथमिकता पाएको यो पहिलो पटक भने होइन । विगतका धेरै वर्षको बजेटहरुमा नेप्सेको पुनर्संरचनाले प्राथमिकता पाउँदै आएको थियो । यद्दपि, हालसम्म उक्त कुरा बजेटको वक्ताव्यमा मात्रै सीमित हुँदै आएको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले आज बजेट ल्याउँदै, यस्ताे छ कार्य सूचीआगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले आज बज...
29/05/2025

आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले आज बजेट ल्याउँदै, यस्ताे छ कार्य सूची

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले आज बजेट ल्याउँदै छ। आगामी आवको बजेट आज दिउँसो ३ बजे सार्वजनिक हुँदैछ ।



बिहीबार बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
नेपालको संविधान अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सार्वजनिक गर्दैछन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । सोही दिन दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
#बजेट

28/05/2025

Trade टावरको आईपीओ आजबाट सार्वजनिक निष्काशनमा

Trade tower group लिमिटेडले आज (जेठ १४ गते) बाट सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर (IPO) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि शेयर जारी गरिएको हो।

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Thapa in Nepali market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Thapa in Nepali market:

Share