09/09/2020
‘क’ वर्गका वित्तीय सस्थाको काम, कर्तब्य र अधिकार लेख्दै नेपालको बैंकिंग क्षेत्रका बिध्यमान चुनौतिहरु लेख्नुहोस |
उत्तर:
बैंक तथा वित्तीय सस्था सम्बन्धि ऐन, २०७३ अनुशार ‘क’ वर्गको इजाजतपत्र पाएको सस्थाले गर्ने काम कर्तब्य र अधिकारहरुका सम्बन्धमा ऐनको दफा ४७ उपदफा (१) को खण्ड क देखि खण्ड स सम्मको ३२ खण्डमा उल्लेख गरिएको छ | जसलाई तल प्रस्तुत गरिएको छ |
(क) ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने,
(ख) राष्ट्र बैंकले तोकिदिए बमोजिमको कर्जा दिने,
(ग) प्रचलित कानुनको अधिनमा रही विदेशी विनिमय कारोबार गर्ने |
(घ) हायर पर्चेज, हाईपोथिकेसन, लिजिंग, हाउजिंग तथा सेवा व्यवशायको लागि कर्जा दिने |
(ङ) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही मर्चेन्ट बैंकिंग कारोबार गर्ने |
(च) अन्य इजाजत प्राप्त सस्था संग मिलि सहवित्तीयकरणको आधारमा धितो विभाजन गर्ने गरि आपसमा भएको सम्झौता अनुशार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने |
(छ) आफ्नु ग्राहकको तर्फबाट जमानत पत्र जारि गर्ने र सो वापत ग्राहकसंग आवस्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पत्ति धितो बन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने |
(ज) स्वदेसी वा विदेशी बैंक वित्तीय सस्थाको जमानतमा कर्जा लिने |
(झ) प्रतीतपत्र, विनिमय पत्र, प्रतिज्ञा पत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्कासन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउन्ट गर्ने वा खरिद बिक्रि गर्ने |
(ञ) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही टेलिफोन, टेलेक्स, फ्याक्स, कम्प्युटर, वा म्याग्नेटिक टेप वा अन्य तेस्तै प्रकारका विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने |
(ट) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही क्रेडिट कार्ड, डेबिट कार्ड, चार्जकार्ड लगायतका अन्य वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धि कार्य गर्न एजेन्ट नियुक्त गर्ने |
(ठ) ए.टि.एम. र क्यास डिस्पेसिंग मेसिनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र कर्जा दिने ,
(ड) आफुले पत्याएको व्यक्तिलाई अधिविकर्ष कर्जा दिने |
(ढ) आफूकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मुल्यले थामेसम्मको रकम पुन: एकैपटक वा पटक पटक गरि कर्जा दिने वा अन्य इजाजत प्राप्त सस्थामा धितोमा रहिसकेको चल अचल स